इजरायल रोजगारीका लागि १,१७५ जना छानिए (सूचीसहित)


२५ आश्विन २०७८, सोमबार

काठमाडौं, २५ असोज । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि नेपालबाट पठाइने सहायक कामदार छनौटको नतिजा सार्वजनिक भएको छ ।

वैदेशिक रोजगार विभागले असोज १० गते बुझाएको सूचीबाट १,१७५ श्रमिक छनोट भएका हुन् । ८२१ महिला र ३५४ पुरुष गरी १,१७५ नेपाली इजरायल जान पाउने भएका हुन् । विभागले छनौटका सबै परीक्षा सकेर एक हजार ६ सय जनाको सूची इजरायली दूतावासमार्फत जनसंख्या तथा आप्रवासन प्राधिकरणलाई बुझाएको थियो ।

सोही सूचीबाट सोमबार चिठा प्रणालीबाट एक हजार जना छनोट गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिएका छन् ।
यस्तो छ छनौटमा परेकाको सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७