डेनमार्क विश्वकप फुटबलको लागि छनौट


२७ आश्विन २०७८, बुधबार
denmark

काठमाडौं, २७ असोज । युरोपेली मुलुक डेनमार्क अर्को वर्ष हुने फिफा विश्वकप फुटबलको लागि छनौट भएको छ । गए रातिको खेलमा अष्ट्रियालाई १–० ले हराउँदै डेनमार्कले अर्को वर्ष हुने कतार विश्वकपमा आफ्नो ठाउँ पक्का गरेको हो ।

यो सँगै डेनमार्क विश्वपमा छनौट हुने तेस्रो राष्ट्र बनेको छ । यसअघि आयोजक कतार र जर्मनीले विश्वकपमा ठाउँ सुरक्षित गरिसकेका छन् । गए रातिको जितपछि विश्वकप छनौटको युरोपेली समूह एफ मा डेनमार्कले ८ खेलबाट २४ अंक जोडेको छ ।

जारी छनौटमा डेनमार्कले अहिलेसम्म सबै ८ खेल जितेको छ । यो समूहमा १७ अंकसहित स्कटल्याण्ड दोस्रो स्थानमा छ । गए राति भएको अर्को खेलमा क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले लक्जेम्बर्गलाई ५–० ले हरायो ।

यो समूहमा पोर्चुगल १६ अंकसहित दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको सर्विया १७ अंकसहित शीर्ष स्थनमा रहेको छ ।

विश्वकप छनौटका अन्य खेलहरुमा स्विडेनले ग्रिसलाई २–० ले हराउँदा स्विट्जरल्याण्डले लथुआनियालाई ४–० ले, इजराइलले माल्दोभालाई २–१ ले तथा पोल्याण्डले अल्बानियालाई १–० ले हराएका छन् । इङल्याण्डले भने हंगेरीसँग १–१ गोलको बराबरी खेलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७