चिनियाँ राजदूत यान्छीले लगाई दिइन् दशैंको टीका


२९ आश्विन २०७८, शुक्रबार
FBuNq6hVkAMcAac

काठमाडौं, २९ असोज । नेपालका लागि चिनिँया राजदूत हउ यान्छीले आफ्ना सहकर्मीहरूलाई दशैंको टीका र जमरा लगाइ दिएकी छन् । दशैं मनाएको तस्वीर समाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक गर्दै नेपालीहरूसँग दशैं मनाउन पाएकोमा खुशी लागेको उल्लेख गरेकी छन् ।

FBuNrIcVIAA5sxm

उनले लेखेकी छन्, ‘म मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मङ्गलमय शुभकामना गर्दछु ।’ यान्छीले टीका जमरा लगाई दिएको तस्वीर सार्वजनिक गरे पनि आफूले टीका जमरा लगाएको तस्वीर भने सार्वजनिक गरेकी छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७