महाकाली किनारमा युवकको शव फेला


३० आश्विन २०७८, शनिबार
death

बैतडी, ३० असोज । महाकाली किनारमा आज (शनिबार) एक शव फेला परेको छ । बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली किनारमा एक बेवारिसे शव फेला परेको हो ।

आज बिहान ७ बजेतिर स्थानीय बासिन्दाले अन्दाजी ३५ वर्षीय पुरुष मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्का नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७