रुसमा पहिलोपल्ट कोरोनाबाट एक हजार बढीको मृत्यु


प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार १५:२८

काठमाडौं, ३० असोज । रुसमा कोरोना भाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ ।

हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट एक हजार २ जनाको मृत्यु भएको हो । यस्तै, ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानाएका छन् ।

प्रतिक्रिया दिनुहोस्