अधिकारकर्मी रुवी खान अस्पताल भर्ना

‘आन्दोलनकारीलाई झुटा मुद्दामा नफसाइयोस्’


३० आश्विन २०७८, शनिबार
rubi khan KfbjzYV1Rx 1

काठमाडौं, ३० असोज । महिला अधिकारकर्मी रुवी खानलाई अस्पताल भर्ना गरिएको छ । नौ दिनदेखि आमरण अनसनमा रहेकी खानको स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । श्वासप्रश्वासमा समस्या हुनुका साथै शरीरमा पानीको मात्र कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको माग गर्दै समूहसहित नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडाैं आएकी रुवीलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई काठमाडौंबाट पक्रेर प्रहरीले पुनः बाँके पुर्याएको थियो । सर्वाेच्च अदालतको आदेशपछि खान गएको बिहीबार छुटेकी थिइन् ।

रुवीले बाँकेको प्रहरी हिरासत र अस्पतालमा समेत आमरण अनशन सुरु गरेकी थिइन् । अस्पताल जानु अघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रुबीले अहिले पनि आन्दोलनरत आफूहरुको परिवारलाई धम्की आइरहेको बताइन् । उनले भनिन्, आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी होस् र झुटा मुद्दामा नफसाइयोस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७