कपिलवस्तु कृष्णनगरमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन


३१ आश्विन २०७८, आईतवार
birami krishnanagar2021 10 08 07 39 53

कपिलवस्तु, ३१ असोज । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला संक्रमितमध्ये १० जना अझै संक्रमणमुक्त भएका छैनन् ।

जिल्लाको कृष्णनगर नगरपालिकाको ७, ८ र ९ मा असोज १८ गतेदेखि फैलिएको झाडापखाला तथा वान्ताबाट ८५१ जना संक्रमित भएका थिए । तीमध्ये शनिवारसम्म ८४१ जना निको भइसकेको र १० जना उपचाररत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

संक्रमण फैलिएको क्षेत्रमा गत साता परीक्षण गरिएको पानीमा इकोली नामक जिवाणु फेला परेको थियो । झाडापखाला संक्रमणबाट सो क्षेत्रमा हालसम्म चार जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७