एएफसी यू–२३ फुटबल टोली घोषणा (सूचीसहित)


१ कार्तिक २०७८, सोमबार
Manish Dangi tEkhlITAr0

काठमाडौं, १ कातिक । एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताका लागि राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ । प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्यीय यू–२३ टोली घोषणा गरेका हुन् ।

माल्दिभ्सको मालेमा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको टोलीका ६ खेलाडी यसमा समेटिएका छन् । डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठसँगै मिडफिल्डरहरू नितिन थापा, सुरज ज्यू ठकुरी र आयुष घलान टोलीमा राखिएका हुन् ।

यस्तै फरवार्ड मनीष डाँगी, राजन गुरुङ, सेसेहाङ आङदेम्बे, एरिक विष्ट, अभिषेक रिजाल र दर्शन गुरुङलाई पनि टोलीमा समेटिएको छ । यस्तै गोलरक्षकमा अर्पण कार्की, विशाल सुनार र अभिषेक बराललाई समेटिएको छ ।

डिफेन्समा शिव गुरुङ, रन्दीप पौडेल र अभिषेक लिम्बु पनि छन् । त्यस्तै मिडफिल्डमा अनिल महर्जन, राजीव लोप्चन, रोशन पहरी र शिशिर लेखी पनि छन् । आक्रमणमा आकाश बुढामगर र ऋतिक कुमार खड्का टोलीमा छन् ।

एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिता अक्टोबर २५ देखि ३१ सम्म हुँदैछ । समूह ‘बी’ मा रहेको नेपालले ताजिकिस्तान, इरान र लेबनानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले अक्टोरबर २५ मा इरान, २८ मा ताजिकिस्तान र ३१ मा लेबनानसँग खेल्नेछ । एएफसी प्रतियोगिता २०२२ जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ ।

२३ सदस्यीय यू–२३ टोली
गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ

मिडफिल्डर – नितिन थापा, सुरज ज्यू ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी

फरवार्ड – मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिककुमार खड्का

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७