बागमतीमा आजदेखि सार्वजनिक सवारीको बढ्यो भाडा

चढ्ने बितिक्कै १८ रुपैंयाँ


१ कार्तिक २०७८, सोमबार
bus sundhara

काठमाडौं, १ कातिक । बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आज (सोमबार) देखि लागू भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो ।

जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्ना साथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ ।

यस्तै १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्नेछ । यस्तै उपत्यका बाहेक साबिकको भाडादरमा प्रतिशत वृद्धि गरिएको छ । यो भाडादरमा यात्राले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउने छन् ।

–१० किलोमिटरसम्म २३ रुपैयाँ ।
–१५ किलोमिटरसम्म २७ रुपैयाँ ।
–२० किलोमिटरसम्म ३० रुपैयाँ ।
–२० किलोमिटरमाथि ३५ रुपैयाँ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७