पाकिस्तानको क्वेटा शहरमा बम विष्फोट, एक सुरक्षाकर्मीको मृत्यु, १७ घाइते


२ कार्तिक २०७८, मंगलवार
pakistan 1

काठमाडौं, २ कातिक । पाकिस्तानको क्वेटा शहरमा बम विष्फोटमा परेर एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान विश्वविद्यालयको क्वेटा क्याम्पसको गेटमा विष्फोट गराइएको हो । सुरक्षाकर्मी सवार गाडीलाई लक्षित गरी विष्फोटक गराइएको प्रत्यक्षदर्शीलाई उध्रृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विष्फोटमा १३ सुरक्षाकर्मी र चार जना सर्वसाधारण रहेको बताइएको छ । घाइतेहरुको सैन्य अस्पतालमा उपचार भइरहेको छ । बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा सशस्त्र जातीय समूहले सुरक्षाकर्मीलाई लक्षित गरी निरन्तर विष्फोट गराउँदै आएका छन् । तर हालसम्म सो घटनाको कुनै समूहले जिम्मा लिएको छैन ।

बलुचिस्तान प्रान्तको जातीय बलूच बहुल क्षेत्रका लागि अधिकार, स्वायत्तता र वा स्वतन्त्रताको माग गर्दै एक दशक भन्दा लामो समयदेखि सो समूहले सुरक्षाकर्मी र सर्वसाधारणलाई लक्षित गर्दै बम बिष्फोट गराउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७