२८.२ प्रतिशतले लगाए कोरोना खोप


४ कार्तिक २०७८, बिहीबार
Corona china khop ktm 4 1619625919
फाइल फोटो

काठमाडौं, ४ कातिक । नेपालमा हालसम्म कुल जनसंख्याको २८.२ प्रतिशत जनसंख्याले कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लिइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेकोमा हालसम्म ८५ लाख ६२ हजार ३ सय ६५ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६४ लाख ८५ हजार ९ सय २३ जनाले पूर्ण मात्रा खोप लिइसकेका छन् ।

१८ वर्षमाथिका ४३ प्रतिशतले पहिलो मात्रा र ३२.६ प्रतिशतले पूर्ण मात्रा खोप लिइसकेका छन् । १ करोड ९९ लाख २२ हजार १ सय ६४ जना १८ वर्ष माथिका खोप लिने लक्षित जनसंख्या छ ।

त्यसैगरी १५ वर्षमाथिका ३९.४ प्रतिशतले पहिलो मात्रा र २९.८ प्रतिशतले पूर्ण मात्रा खोप लिएको तथ्यांक छ । सरकारले असोजभित्रै कुल जसनंख्याको ३३ प्रतिशत जनसंख्यालाई खोप दिने घोषणा गरे पनि प्राविधिक कारणले ३३ प्रतिशत पुग्न नसकेको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले बताए ।

विश्व स्वास्थ्य संगठनले १८ वर्षमुनिका जनसंख्याका लागि कोभिड–१९ विरुद्धको खोपको अनुमति नदिएकाले खोप भएर पनि लगाउन नसकिने स्थिति भएकाले कुल जनसंख्याको ३३ प्रतिशत पुग्न नसकेको उनको भनाइ छ ।

‘खोप भए पनि विश्व स्वास्थ्य संगठनले १८ वर्ष मुनिका र १२ वर्षमुनिको जनसंख्यालाई अनुमति दिइसकेको अवस्था थिएन,’ प्रमुख डा. लालले भने । तर, १८ वर्षमाथिको जनसंख्यामा भने खोप लिनेको संख्या ३३ प्रतिशत पुगिसकेको उनले बताए । तथ्यांकअनुसार १८ वर्षमाथिका ३२.६ प्रतिशतले दुवै डोज खोप लिइसकेका छन् ।

यसैबीच भेरोसेल खोपको पहिलो मात्रा लिएकाहरूका लागि कात्तिक ४ गते बिहीबारदेखि देशभरि दोस्रो मात्रा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालभरका मुख्य २४ वटा सरकारी अस्पतालबाट सो खोप दिइने तयारी भएको परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख सागर दाहालले बताए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७