वर्षाले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री बैतडीमा


४ कार्तिक २०७८, बिहीबार
thumb 13

बैतडी, ४ कातिक । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार बैतडी पुगेका छन् । अविरल वर्षाका कारण आएको बाढी–पहिरोले पुर्‍याएको क्षतिको स्थलगत अध्ययन गर्न प्रधानमन्त्री देउवा सिगास गाउँपालिकाको ढुंगाडमा पुगेका हुन् ।

प्रधानमन्त्रीको देउवाको सचिवालयले दिएको जानकारीअनुसार यसअघि देउवा आजै बझाङ पुगेका थिए । गृह प्रदेश सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको स्थलगत जानकारी लिने उद्देश्यले प्रधानमन्त्री देउवा आज बिहान त्यसतर्फ लागेका हुन् । नेपाली सेनाको हेलिकोप्टरबाट उनी सुदूरपश्चिम गएका हुन् ।

उनीसँगै अर्थमन्त्री जर्नादन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा नेपाली कांग्रेस नेताहरू वीरबहादुर बलायर, एनपी साउद र रमेश लेखक पनि गएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७