न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड : २० लाखको हात रित्तो


५ कार्तिक २०७८, शुक्रबार
IPO

काठमाडौं, ५ कातिक । न्यादी हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा शुक्रबार आईपीओ बाँडफाँड गरिएको हो ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार दुई लाख नौ हजार २५० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीको आईपीओमा २२ लाख ५५ हजार ८४ आवेदकले दुई करोड ७० लाख ८९ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।

२२ लाख ४१ हजार १३८ जनाको आवेदन भेरिफाइड हुँदा सोही आवेदकमध्ये गोला प्रथाबाट दुई लाख नौ हजार २५० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड भएको हो । योग्य आवेदकमध्ये करिब २० लाख ३२ हजार आवेदकको हात रित्तो भएको छ ।

कम्पनीले गएको असोज १५ देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासनमा ल्याएको थियो । निष्कासनमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता सेयर मात्रै सर्वसाधारणलाई बिक्री गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७