विकासको नेतृत्व गर्न प्रधानमन्त्री बनेको हुँ : प्रधानमन्त्री ओली


२७ फाल्गुन २०७४, आईतवार
kp sharma oli

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचार नगर्ने र गर्न पनि कसैलाई नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार संसदमा सबै दलका सांसदलाई विश्वासको मत क्रममा देशको विकास गर्न प्रधानमन्त्री बनेको बताउँदै यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।  ‘म भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ । दमनकारी शासक होइन, जनताको सेवक हुँ, लोकतन्त्रको पहरेदार, एकताको रक्षक, भ्रष्टाचार विरोधी सुशासनको अभियन्ता, विकासको नेतृत्व गर्न प्रधान मन्त्री बनेको हुँ ’ उनले भने ।  kp sharma oli

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कैलालीको घोडाघोडीमा भएको घटना प्रति दुःख व्यक्त गरे । ओलीले भने,‘नेपाली समाज धेरै पछाडि छ, नारी दिवसकै दिन बोक्सी आरोप एक किशोरी कुटिन्छ । देशमा सबै मिलेर अगाडि बढ्न आवश्यक छ ।’ उनले दोषीलाई कारवाही गरिने प्रतिवद्धता समेत व्यक्त गरे।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले वामगठबन्धनले गरेको चुनावी घोषणापत्र अनुसार नै सरकारका आगामी काम कारबाही गरिने बताए । ‘साझा चुनाव घोषणा पत्रमा स्पष्ट नीति र उद्देश्य र योजना बनाइएका थिए सोही अनुसार काम गर्नेछौँ’, प्रधानमन्त्री ओलीले भने । राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानलाई मध्यनजर गरेर आफ्नो सरकारले काम गर्ने बताएका छन् ।

उनले जनताका इच्छा आकांक्षा पूरा गर्नका लागि अहिलेको सरकार बनेको भन्दै सांसदहरुलाई समेत जनताको इच्छा आकांक्षा पूरा गर्न आग्रह गर्दै शुभकामना दिए।

 

उनले देशलाई अगाडि बढाउने हो भने सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड  दिए । उनले भने,  ‘हामी शान्ति चाहन्छाैं, स्थिरता, स्थायित्व र शान्ति होस् अनिमात्र विकास गर्न सक्छौँ । सामान्य अवस्थामा पक्ष र प्रतिपक्ष भएर विवाद गर्न सक्छौँ । तर यतिबेला सत्ता पक्ष र प्रतिपक्ष भएर जसरी पनि विरोध गर्ने सुविधा छैन । प्रतिपक्ष पनि सहयोगी हुनुपर्छ ।’

लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई अंगीकार गर्दै, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, समावेशीता, समानुपातिक प्रतिनिधित्व र त्यसका लागि आवश्यक पर्ने कार्यहरु, आवधिक निर्वाचन, संवैधानिक प्रतिपक्ष, प्रतिपक्ष हुने अधिकारसहितको राजनीतिक प्रणाली स्थापना भएको प्रधानमन्त्रीको भनाइ थियो । भने आफूलाई प्रतिनिधिसभाका सदस्यले विश्वासको मत दिन नपर्ने कुनै पनि कारण नभएको समेत  बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७