एमालेमा बल्झियो विवाद : फरक मत राख्दै भीम रावलले दिए कार्यदलबाट राजीनामा


५ कार्तिक २०७८, शुक्रबार
Bhim Rawal

काठमाडौं, ५ कात्तिक : नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् । उपाध्यक्ष रावलले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा फरक मत राखेर कार्यदलबाट राजीनामा दिएका हुन् ।

शुक्रबार ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा रावलले आफ्नो पाँच पृष्ठ लामो फरक मत प्रस्तुत गर्दै कार्यदल संयोजकमा नरहने जानकारी दिएका हुन् । अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने गरी प्रस्तुत भएपछि स्थायी कमिटी बैठकमा कार्यदल संयोजकबाट राजीनामा दिएको रावलले बताए ।

उनले भने, ‘अन्त्यमा अध्यक्षले १० बुँदेलगायत हामीले निकालेका निष्कर्ष कार्यान्वयन नगर्ने दिशाबाट कुरा राख्नुभएकाले मेरो त्यसमा सहमति हुन सकेन । मैले पाँच पृष्ठ लामो फरक मत दर्ज गरेको छु ।’

उनले स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाएका छन् । प्रभु साहलाई खुसी बनाउन स्थायी कमिटी बैठकले दुई जनालाई केन्द्रीय सदस्यमा बनाउने निर्णय गरेको थियो ।

बैठकमा आफूले पाँच पृष्ठ लामो फरक मत दर्ज गरेको उनले जानकारी दिए । भने, ‘केन्द्रीय कमिटीमा १० प्रतिशत थप्नका लागि कार्यदलले गृहकार्य गर्ने निर्णय भएको थियो। तर त्यसमा कुनै छलफल नगरी दुई जना केन्द्रीय कमिटीका सदस्य प्रभु साहसँग कुराकानी भएको हुनाले राख्नुपर्छ भन्ने कुरा आयो। त्यो कुनै विधि पद्धति निर्णयसम्मत भएन भनेर त्यसप्रति पनि असहमति छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७