गाउँपालिका उपाध्यक्ष अधिकारीको निधन


६ कार्तिक २०७८, शनिबार
Meera adhikari dead PlbPL60sqM

सिन्धुपाल्चोक, ५ कात्तिक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मीरा अधिकारी लामाको निधन भएको छ । अधिकारीको ब्लड क्यान्सरबाट शनिबार निधन भएको हो ।

अधिकारीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेस रोल्पा सभापति अमरसिंह पुनले जानकारी दिए ।

अधिकारी नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाकी धर्म पत्नी समेत हुन् । उपाध्यक्ष अधिकारीको केही समयदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७