खैरो हेरोइनसहित एक युवक पक्राउ


७ कार्तिक २०७८, आईतवार
pakrau
फाइल फोटो

सुर्खेत, ७ कात्तिक । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भुरेलीबाट प्रहरीले खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय खिमबहादुर बुढा छन् । लागु औषध नियन्त्रण ब्यूरो र जिप्रका सुर्खेतबाट खटिएको संयुक्त टोलीले बुढाको साथबाट ८ ग्राम ८१० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।

एक पुरिया खैरो हेरोइन उनको साथबाट र २ पुरिया घरबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगर–२ स्थित कोलडाँडा घर भएका खिमबहादुरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७