हिजो एमालेको वडाध्यक्ष बनेका सापकोटाले आज भने, ‘म माओवादी केन्द्रमै छु’


७ कार्तिक २०७८, आईतवार
rudra prasad sapkota11635056653

सिन्धुपाल्चोक, ७ कात्तिक । नेकपा (एमाले) को शनिबार ६ हजारभन्दा बढी वडामा अधिवेशन भयो । अधिवेशनमा फरक दलका नेताहरूलाई समेत कमिटीमा राखिएको पाइएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ मा नेकपा (माओवादी केन्द्र) का कार्यकर्ता रुद्रप्रसाद सापकोटा एमालेको वडा अध्यक्ष चयन भएका छन् । उनले शनिबार नै एक वक्तव्य जारी गर्दै एमालेका जिम्मेवार व्यक्तिहरूले आफूलाई बोलाएर काम छ भनी वडाध्यक्ष बनाएको दाबी गरेका छन् ।

एमालेमा आफ्नो आस्था नरहेको भन्दै उनले उक्त पद अस्वीकार गरेका छन् । उनले माओवादी केन्द्रको सदस्यता यसअघि नै नवीकरण गरेको पनि उल्लेख गरेका छन् ।

yyaduyg

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७