नाइजेरियाको अवैध तेल प्रशोधन केन्द्रमा विष्फोट, २५ जनाको मृत्यु


८ कार्तिक २०७८, सोमबार
bomblast 25do8Hcz1I

काठमाडौं, ८ कात्तिक । नाइजेरियाको एक अवैध तेल प्रशोधन केन्द्रमा विष्फोट हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार नाइजेरियाको रिभर्स राज्यमा रहेको अवैध तेल प्रशोधन केन्द्रमा विष्फोटपछि आगलागी भएको थियो ।

मृत्यु हुनेमा केही अल्पसंख्यक समुदायका मानिसहरु रहेको स्थानीयले जानकारी दिएका छन् । प्रहरीले घटना भएको पुष्टि गरे पनि अहिलेसम्म कति मानिसको मृत्य भएको भन्ने नखुलेको बताएको छ ।

नाइजेरियामा अवैध तेल प्रशोधन केन्द्र सामान्य मानिन्छ । स्थानीयहरुले पाइप लाइनबाट तेल चोरी गरेर प्रशोधन गरी बिक्री गर्छन् । कच्चा तेललाई उनीहरुले ड्रममा राखेर तताएर इन्धन निकाल्ने गर्दै आएका छन् । यसरी तेल प्रशोधन गर्नु निकै जोखिमपूर्ण मानिन्छ ।

नाइजेरिया अफ्रिकाको सबैभन्दा ठूलो तेल निर्यातकर्ता मुलुक हो । उसले औसतमा दैनिक दुई लाख ब्यारेल तेल निर्यात गर्दै आएको छ । यसको करिब १० प्रतिशत तेल पाइप लाइन फुटाएर चोरी हुँदै आएको छ । जसको कारण तेल चोरी हुने क्षेत्रमा प्रदूषण पनि ठूलो मात्रामा फैलिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७