भैंसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल


९ कार्तिक २०७८, मंगलवार
buffalo palan
फाइल् फोटो

काठमाडौं, ९ कात्तिक । दूध र मासुका लागि पालिने भैंसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् । कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैंसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्राडा भूमिनन्दन देवकोटाले बताए ।

‘हामी बेमौसमी भैंसी प्रजननमा सफल भएका छौं’, चितवनमा जारी एसिया भैंसी सम्मेलन आयोजक समितिका अध्यक्ष समेत रहेका भैंसीसम्बन्धी विज्ञ प्राडा देवकोटाले भने, ‘विगत पाँच वर्षयता नेपालका विभिन्न ठाउँका दुई सय भैसीमा गरिएको अनुसन्धानमा ९४ वटा भैंसीलाई बेमौसमी प्रजनन गराउन सफल भएका छौं । यो कुल प्रजननको ४७ प्रतिशत हो ।’

नगद पशुधनका रूपमा लिइने भैंसीको मुख्य प्रजनन मौसम साउनदेखि मङ्सिरसम्म हो । यो बेला हरियो घाँस र पोषणयुक्त खानेकुराका साथै वर्षात्मा सजिलै पानीमा आहाल खेल्न पाउने भएकाले भैंसीको प्रजनन मौसम मानिन्छ । यसरी प्रजनन भएका भैंसी १० महिनामा ब्याउँछन् । फागुनदेखि वैशाखसम्मको सुक्खा समय भने भैंसी प्रजननका लागि बेमौसम मानिन्छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७