धामी बसेर झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या, अभियुक्त पक्राउ


९ कार्तिक २०७८, मंगलवार
abhiyukta kamal P6szVXa2me

इलाम, ९ कात्तिक । इलाममा एक व्यक्तिले धामी बसी झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेका छन् । देउमाई नगरपालिका–५ बारुङ का ३३ वर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

आज बिहान ६ बजे उनले आफ्नै घरभित्र घर परिवारका सदस्य राखी धामी बसी विगतदेखि बेलाबखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगत्तै अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट प्रहरी टोली खटिई गई कमल तामाङलाई नियन्त्रणमा लिएको हो । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७