दाङका सबै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन, कुनमा कसको नेतृत्व ?


१० कार्तिक २०७८, बुधबार
dang uml r8VQfPyke0

दाङ, १० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशन अन्तर्गत दाङमा भएको पालिकास्तरीय अधिवेशनमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरिएको छ ।

मंगलबार एकै पटक देशभर शुरु एमाले पालिकास्तरीय अधिवेशनमा दाङमा आकांक्षीहरू धेरै भए पनि राति अबेरसम्म सर्वसम्मत गराएको दाङ जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिएका छन् । दाङका जिल्ला १० स्थानीय तहमा सहमतिमा नगर तथा पालिका स्तरीय संगठन कमिटी निर्माण गरिएको छ । यहाँ २ बाट उपमहानगरपालिका, १ नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शङ्कर पोखरेलको गृह जिल्ला समेत रहेको दाङमा नयाँ नेतृत्वको लागि आकांक्षीहरु धेरै देखिए पनि अन्ततः सर्वसम्मत गराएर पार्टीको जिल्ला स्तरको नेतृत्व सफल भएको हो । ।

नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत तुलसीपुर नगरको अध्यक्षमा माधव ओली सर्वसम्मत चयन भएका छन् । नगर अधिवेशनले ओलीको अध्यक्षतामा ८५ सदस्यीय नगर कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मण चौधरी, सचिवमा रूपबहादुर खत्री, सहसचिवमा युवा करारा, छवि खरेल, र आर्थिक विभाग प्रमुखमा टोपेन्द्र केसी चयन भएका छन् ।

घोराही उपमहानगरपालिकामा भुवन चौधरीको अध्यक्षतामा ७३ सदस्यीय नगर संगठन कमिटी गठन गरिएको छ । उपाध्यक्षमा तारा पुरी, सचिव ईन्द्र बुढाथोकी, उपसचिव काँशीराम खनाल र कुलबहादुर गोतामे रहेका छन् । लमही नगरपालिकामा दण्डिराम चौधरीको अध्यक्षतामा ६९ सदस्यीय नगर संगठन कमिटी गठन गरिएको छ । उपाध्यक्षमा पुनम घर्तीमगर, सचिवमा भानु जोशी, उपसचिवमा सुदर्शन थापा र अनिता शर्मा रहेका छन् ।

बंगलाचुली गाउँपालिकामा पुष्पराज भण्डारीको अध्यक्षतामा ४९ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन गरिएको छ । उपाध्यक्षमा भीमबहादुर खत्री, सचिवमा भोजराज पन्त, उपसचिवमा पूर्णबहादुर सारू मगर चयन भएका छन् । महिला उपसचिव पछि छनोट गरिने छ ।
राजपुर गाउँपालिकामा हेमकुमार जिसीको अध्यक्षतामा ४० सदस्यीय गाउँपालिका संगठन कमिटी गठन गरिएको छ ।

उपाध्यक्षमा गोविन्द विक, सचिवमा मन्साराम यादव, उपसचिवमा पिममाली घर्ती र लोकबहादुर खड्का रहेका छन् । गढवा गाउँपालिकामा बाबुराम अधिकारीको अध्यक्षतामा ५३ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन गरिएको छ । उपाध्यक्षमा मधा न्यौपाने, सचिवमा शिवराज पन्थी, उपसचिवमा केशरी गिरी र मानबहादुर वली रहेका छन् ।

शान्तिनगर गाउँपालिकामा धनबहादुर केसीको अध्यक्षतामा ४३ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन गरिएको छ । उपाध्यक्षमा थम्मनबहादुर कनौ मगर, सचिवमा टीकाराम रिजाल, उपसचिवमा शान्ति कँडेल र राकेश बुढाथोकी रहेका छन् ।

राप्ती गाउँपालिका संगठन कमिटीको अधिवेशनले मदन अधिकारीको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका संगठन कमिटी सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा कमलापति चौधरी, सचिवमा भरतमणि न्यौपाने, उपसचिवमा रामबहादुर सुनार र रामबहादुर केसी सर्वसम्मतिबाट चयन भएका छन् । दंगीशरणमा रेशम वली, बबई गाउँपालिकामा जीतबहादुर वली, रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७