जवरजस्ती करणी गरी भागेका श्रेष्ठ ६ वर्षपछि पक्राउ


१० कार्तिक २०७८, बुधबार
rohan U72ArHoBI6

काठमाडौं, १० कात्तिक । प्रहरीले जब्वरजस्ती करणी गरेर फरार रहेका एक व्यक्तिलाई ६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साविक दुवाचौर गाविस–५ हालको मेलम्ची नगरपालिका–७, ज्योतिभञ्ज्याङ् घर भई काठमाडौंको गोकर्णेश्वर– १५ माकलबारी बस्ने वर्ष २३ को रोहन विक भन्ने रोहन श्रेष्ठ रहेका छन् ।

रोहनले एक युवतीलाई खाजा खान जाऊँ भनी ललाई–फकाई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ स्थित गेष्ट हाउसको कोठामा पुर्‍याई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । सो मुद्दामा रोहनलाई दोषी ठहर गर्दै उच्च अदालत पाटनबाट मिति २०७५ जेठ ८ मा पाँच वर्ष कैद फैसला भएको थियो ।

फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले सिन्धुपाल्चोकको सिपाघाटबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि आज बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७