५९१ मा कोरोना संक्रमण, ६६४ जना निको, दुईको मृत्यु


११ कार्तिक २०७८, बिहीबार
korona

काठमाडौं, ११ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३५५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ५९१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८,८४८ जनाको पिअिसार परीक्षण गर्दा ५२७ र २,५०७ जनाको एन्टीजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर ६६४ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा दुई जना संक्रमितको मृत्यु भएको छ ।

देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख १,४७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७