घट्दै तापक्रम, बढ्दै जाडो : यस्तो छ आजदेखि तीन दिनको मौसम पूर्वानुमान


१२ कार्तिक २०७८, शुक्रबार
kathamandu upatiyaka scaled

काठमाडौं, १२ कात्तिक । केही दिनयता देशभर तापक्रम घट्न थालेको थालेको छ । बिहान र बेलुका चिसो महसुस हुन थालेको छ । तापक्रम निरन्तर घटन थालेपछि चिसो बढ्न थालेको छ ।

मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो । बुधबार बिहान १३.५ डिग्री सेल्सियस थियो भने बिहीबार बिहान १२.५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज उक्त तापक्रम घटेर १२.४ डिग्री सेल्सियसमा आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अब रातको समयमा आकाश खुला हुने र शित पर्ने हुँदा चिसो बढ्दै जाने मौसमविद् प्रतिभा मान्धर बताउँछिन् । हिमपात शुरु भएसँगै तापक्रम घट्ने क्रम शुरु हुने उनको भनाइ छ । उच्च पहाड र हिमालमा हिमपात हुन शुरु भइसकेको छ ।

मनसुन सकिएपछि पश्चिमी बायु सक्रिय हुने र उत्तरबाट हावा आउने भएकाले चिसो अनुभव हुने उनी बताउँछिन् । ‘सूर्य दक्षिणायण हुन शुरु भएकाले अब तापक्रम घट्दै जान्छ । अक्टोबर र नोभेम्बर जाडो र गर्मीको ट्रान्जिसन फेज हो’, मौसमविद् मानन्धर भन्छिन्, ‘नोभेम्बरको मध्यबाट भने जाडो हुन्छ । डिसेम्बरबाट निकै धेरै चिसो हुन्छ ।’ नेपाली क्यालेन्डरमा डिसेम्बर र जनवरी सवैभन्दा चिसो महिना हुन् ।

यस्तो छ आजदेखि आइतबारसम्मको मौसम अनुमान
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहानदेखि पर्सि (आइतबार) रातिसम्मको मौसम कस्तो रहला भन्ने सम्भावना सार्वजनिक गरेको छ ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशको पहाडी तथा हिमाली भेगमा मौसम आंशिक बदली छ भने बाँकी स्थानमा सामान्यतया सफा छ । आज समेत ३ दिनको मौसम अनुमानसहित महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।
जसमा भनिएको छ : देशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाले उक्त क्षेत्रका बासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउन हुन अनुरोध छ ।
महाशाखाका अनुसार यस्तो छ आइतबार रातिसम्मको मौसम अनुमान–

शुक्रबार (आज)
दिउँसो– देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति – देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार
दिउँसो – देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति – देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आइतबार
दिउँसो – प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति – प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

(नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले बिहान १०-११ बजेदेखि दिनभर अर्थात् साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि रातभर अर्थात् भोलि बिहान ६ बजेसम्मको अवधि बुझ्नु पर्छ । यस्तै आंशिक बदली भनेको धेरैजसो आकाश खुला, थोरै बादल तथा सामान्य बदली भनेको यसको उल्टो अवस्था हो । मौसम सफा भनेको कतै बादल नलागेको अवस्था हो ।)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७