नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४ औं बैठक सकियो


१२ कार्तिक २०७८, शुक्रबार
Nepal Indda1635503236

काठमाडौं, १२ कात्तिक । नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४ औं बैठक सम्पन्न भएको छ । नेपाल सरकार तथा भारत सरकारबीच सुरक्षा सम्बन्धी विषयमा नियमित रूपमा छलफल गर्ने उद्देश्यका साथ हिजो र आज भारतको बेंगलुरुमा बसेको बैठक सम्पन्न भएको हो ।

तालिम र क्षमता अभिवृद्धिसम्बन्धी सहयोगका विविध पक्षमा छलफल भएको उक्त बैठक नेपाल र भारतकाबीच रहिआएको सम्बन्धको सुदृढीकरण तथा द्विपक्षीय सुरक्षा चासोहरूको सम्बोधनका लागि उपलब्धिमूलक हुने विश्वास नेपाली सेनाले लिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७