रवीन्द्र मिश्रलाई कारबाही गर्न मिलन पाण्डे समूहद्वारा सुशासन आयोग गठन

मिश्रको दस्ताबेज पाण्डे समूहले गर्‍यो खारेज


१२ कार्तिक २०७८, शुक्रबार
RabindraMishra MilanPandey DBqCDAnLQn

काठमाडौं, १२ कात्तिक । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले पार्टी अध्यक्ष रवीन्द्र मिश्रमाथि कारबाही गर्न न्याय तथा सुशासन आयोग बनाएको छ ।

आज (शुक्रबार काठमाडौंमा बसेको पाण्डे समूहको केन्द्रीय कमिटी बैठकले पार्टीमा अनुशासन उल्लंघन गर्नेमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न आशुतोष तिवारी प्रमुख रहेको न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय पार्टीका अध्यक्ष मिश्रलगायत मुख्य नेताहरुले विधान विपरीत काम गरिरहेको, पार्टीलाई गुटबन्दीको शिकार बनाएको र राजनीतिक रुपमा अलमल सिर्जना गरेको पाण्डे समूहले निष्कर्ष निकालेको छ । आयोगलाई कार्यविधि बनाएर पछिल्लो पाँच महिनाको अनुशासन उल्लंघनका घटनाहरुको एक हप्ताभित्र अनुसन्धान गर्ने, अभिलेखन गर्ने र सोही अनुसार कारबाही प्रत्रिलया अगाडि बढाउने जिम्मेवारी दिइएको छ ।

यस्तै बैठकले पार्टी सुदृढीकरणका लागि प्रशिक्षण चलाउने, अभियान र संगठनलाई तलैबाट मजबुत बनाउने अभियान समेत चलाउने भएको छ । पार्टीमा विवाद चर्किएसँगै मिश्र र पाण्डे समूले छुट्टाछुट्टै गतिविधि गर्दै आएका छन् ।
रवीन्द्र मिश्रको दस्ताबेज खारेज
संयोजक मिलन पाण्डे समूहले अध्यक्ष रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ नाम दिइएको दस्ताबेजलाई खारेज गरेको छ । बैठकले मिश्रको राजनीतिक दस्ताबेजलाई खारेज गरिदिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७