त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयर बङ्लाको विमान दुर्घटना
काठमाडौं: त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । एयर बङ्लाको विमान अवतरणको क्रममा दुर्घटना भएको हो । विमान अवतरणको क्रममा रनवेबाट बाहिर गएर दुर्घटना भएको छ ।
ढाकाबाट आएको ड्यास-८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो । दुर्घटनाको पूर्ण विवरण भने आउन बाँकी छ ।