एनआईसी एसिया बैंकको तीन महिनाको मुनाफा एक अर्ब १८ करोड


१५ कार्तिक २०७८, सोमबार
nic asia

काठमाडौं, १५ कात्तिक । एनआईसी एसिया बैंक लिमिटेडले चालू आ.व. २०७८ /७९ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।

बैंकले आ.व. २०७८ / ७९ को पहिलो त्रैमासिकसम्ममा व्यवसायतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (७४ अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम २७७.८५ अर्ब पु¥याउन सफल भएको छ ।

साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा २६.९९ प्रतिशत (६५.२९ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन ३११.४५ अर्ब रुपैयाँ पुर्‍याउन बैंक सफल भएको छ । बैंकले यस त्रैमासिकमा खुद मुनाफातर्फ १.१८ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएकोे छ, जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो ।

यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.३९ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी ३९.६५ आर्जन गर्न बैंक सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो ।

कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई पहिलो त्रैमासिकसम्ममा ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ । यस अतिरिक्त देशका वाणिज्य बैंकहरूमध्ये आ.व. २०७८ / ७९ को पहिलो त्रैमासिकमा यस बैंकको Rank को तुलनात्मक सार संक्षेप देहायबमोजिम रहेको छ :

Capture

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७