केपी ओली बाँचुञ्जेल साथ दिन्छु : प्रभु साह


१५ कार्तिक २०७८, सोमबार
prabhu sha

चितवन, १५ कात्तिक । नेकपा एमालेका नेता प्रभु साहले पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ कहिले पनि नछाड्ने बताएका छन् । आज (सोमबार) चितवनको भरतपुर महानगर अधिवेशनमा बोल्दै प्रभु साहले यस्तो बताएका हुन् ।

उनले भने, ‘केपी ओली बाँचुञ्जेल म उहाँलाई साथ दिनेछु । उहाँभित्र मधेस छ, पहाड छ, हिमाल छ । किसान छ, सबै छ । उहाँको सपना देश बनाउने छ ।’

राष्ट्रियतालाई उचाइ दिने एउटा कुशल नेतृत्वको रुपमा केपी ओलीलाई आफूहरुले पाएको बताउँदै उनले उनको साथ कहिल्यै नछाड्ने बताए । यस्तै उनले प्रदेश–२ मा अब जनतालाई केपीमय बनाउने बताए । उनले चितवन देशको केन्द्र भागमा रहेकाले यहाँ सबैको आँखा पुग्ने भएकाले यहाँको हरेक क्रियाकलापले देशलाई निर्देशित गर्ने भएकाले सबैलाई त्यहीअनुसार अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७