‘भगवानले बचाए’, बसन्त बोहरा


२८ फाल्गुन २०७४, सोमबार
basant 1232018112324

काठमाण्डौं, २८ फागुन : हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी भएर फर्किएका हौं । हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं । खासमा हिजो उड्नुपर्ने विमान आज मात्र उडेको हो । हामी बंगलादेशबाट काठमाडौंको आकाशमा आउञ्जेल राम्रै अवस्थामा थियौं ।basant 1232018112324

जब काठमाडौंमा जहाज ल्याण्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो मलाई अनुभव भयो ।
ल्याण्ड गर्ने क्रममा विमान जोडले हल्लियो । के भयो केही थाहा भएन । म विमानको झ्याल छेउमा थिए । एक्कासी ड्याम्म गरेको आवाज आयो ।

त्यसपछि के–के भयो पत्तो नै पाइएन । म झ्याल फोडेर बाहिर निस्के । कसले हो मलाई सिनामंगलको अस्पतालमा पु¥यायो । त्यहाँबाट साथीहरुले नर्भिक अस्पतालमा पुर्‍याए । मलाई घुँडा र टाउकोमा चोट लागेको छ । मर्न लेखेको रहेन भाग्यले बाँचे । (रश्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारीसँगको संक्षिप्त कुराकानी)

 

याे पनि हेर्नुहाेस्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७