युएस बंगला विमान दुर्घटना : अस्पतालमा छोरी श्वेता खेज्दै उर्मिला


२८ फाल्गुन २०७४, सोमबार

काठमाण्डौं, २८ फागुन : केहिछिनमा छोरी आउने खबरले खुशी भइरहेकी उर्मिला थापाको खुशी एकाएक दुःखमा परिणत भयो । युएस बंगलाको विमान दुर्घटना भएको खबर सनसनी बनेसँग उर्मिलाको होशहवास उड्यो ।xafanta.JPG.pagespeed.ic .Klp6lXS8Er

अहिले उनी छोरी श्वेताको खोजी गर्दै विमान दुर्घटनाका घाइतेलाई पुर्‍याइएको नर्भिक र केएमसीका सबै वार्डहरु चहारिरहेकी छन् । तर, पनि उनले आफ्नो छोरी कहाँ छिन् भन्ने पत्तो लगाउन सकिरहेकी छैनन् । बंगलादेशबाट काठमाडौं आउँदै गरेको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको खबर सुनेपछि उक्त विमानमा सवार रहेकाहरु आफन्त यतिबेला अस्पताल आइपुगेका भीड लागेका छन् ।

कोही डाको छाडेर रोइरहेका छन् । विमानमा धेरैजसो मेडिकल पढेर फर्केका छात्राहरु थिए । श्वेता थापा उक्ता विमानमा काठमाडौं आएको भएपनि अहिलेसम्म कुनै अस्पतालमा नभेटेको उनकी आमा उर्मिला थापाले बताइन् । ‘मेरी छोरी यही विमानमा आउँदै थिइन् । कुनै अस्पतालमा भेटिएन । मलाइ एक्लै छाडेर कता गइ होलिन,’ सिनामंगलस्थित केएमसी अस्पतालमा भावविह्वाल हुँदै उनले भनिन् । उनी जस्तै मेडिकल विद्यार्थी खोज्दै आउने आफन्त धेरै रहेका छन् । चरु बराल, एलिजा बराल, सोरुना श्रेष्ठको आफन्त पनि अस्पताल अस्पताल पुगिसकेका छन् । तर उनीहरु नभेटेका भन्दै अभिभावकहरु ग्रान्डी अस्पतालतर्फ जान लागेका छन् ।

याे पनि हेर्नुहाेस्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७