युएस विमान दुर्घटना : यी ११ जनाले पाए पुनर्जीवन (नामसहित)


२८ फाल्गुन २०७४, सोमबार
basant 1232018112324 1000x0 1

काठमाण्डौं, २८ फागुन : युएस बंगला अहिलेसम्मकै ठूलो विदेशी विमान दुर्घटना मानिएको छ । अक्सर विमान दुर्घटनामा सकुशल बाँच्न सक्नु निकै दुर्लभ हुन्छ । तर, सोमबार दिउँसो भएको युएस बंगला विमान दुर्घटनामा केहि व्यक्ति सशुकल जस्तो देखिएका छन् ।basant 1232018112324 1000x0 1

विमान क्षत विक्षत बन्दा पनि तीन भाग्यमानी केहिलाई भने सामान्य चोट बाहेक केहि खतरा छैन । केहिछिन अघिसम्म सँग यात्रा गरिरहेका धेरै एकै घान भएका बेला यसरी पुनर्जन्म पाउनेहरुमा दयाराम ताम्राकार कपन काठमाडौं, हरि सुवेदी ढुङ्गेधारा काठमाडौं र भक्तपुरका किशोर त्रिपाठी रहेका छन् ।b10

यस्तै सोनाम शाक्य र आशिष रञ्जितकारले पनि विमानको झ्याल तोडेर आफूलाई बचाएका छन् । उनीहरुको उपचार भइरहेको छ । यस्तै बसन्त बोहरा, विनोदराज पौडेल, इमरान कविर, प्रिन्स शशी धामी, शमिला व्यञ्जनकार, रसिद हसिन, केशव पाण्डे, र अर्का एक बंगाली नागरिकले पनि पुनर्जीवन पाएका छन् । घाइतेमध्ये चार नेपालीको अवस्था चिन्ताजनक रहेको घाइतेको उपचार गरिरहेको केएमसी अस्पतालले जनाएको छ । कूल ७१ जना रहेको युएस बंगला विमान दुर्घटनामा हालसम्म ४९ जनाको मृत्यु भइसकेको छ । विमानमा ३३ नेपाली र २३ जना बंगाली नागरिक थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७