घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


१७ कार्तिक २०७८, बुधबार
gold

काठमाडौं, १७ कात्तिक । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघले आजको मूल्य तोक्दै तोलामा ५०० रुपैयाँ घटेको बताएको छ । सुनसँग आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ थियो । तोलामा २५ रुपैयाँले घटेसँगै चाँदीको कारोबार प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको महासंघले बताएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७