‘अर्ली इलेक्सन’ हुँदैन, कांग्रेस एक्लै चुनाव लड्छ : गगन थापा


१७ कार्तिक २०७८, बुधबार
Gagan thapa
फाइल फोटो

भक्तपुर, १७ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले) ले चाहेको जस्तो ‘अर्ली इलेक्सन’ अहिले असम्भव भएको बताएका छन् । नेपाली कांग्रेस गुण्डुले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले वैशाखमा स्थानीय तहको निर्वाचन बाहेक अरू कुनै निर्वाचन समयअगाडि नहुने बताए ।

उनले आगामी चुनावमा कांग्रेस एक्लै चुनाव लडेर ठूलो पार्टी बन्ने बताए । ‘कांग्रेस पहिला पनि एक्लै चुनाव लडेर ठूलो पार्टी भएको हो र अहिले पनि एक्लै चुनाव लडेर ठूलो पार्टी बन्छ’, उनले भने, ‘आगामी निर्वाचनमा कांग्रेस एक्लै लडेर पनि एमालेलाई केन्द्र, प्रदेश र स्थानीय तहबाट हराउँछ ।’

नेता थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफूले सरकारले गरेका राम्रा र नराम्रा कामबारे जानकारी लिएको बताउँदै नराम्रा काम नगर्न सरकारलाई आग्रह गरेको बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७