बैंक अफ काठमाडौंको प्रमुख कार्यकारी अधिकृतमा मास्के नियुक्त


१७ कार्तिक २०७८, बुधबार
CEO

काठमाडौं,१७ कात्तिक। बैंक अफ काठमाडौं लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्के नियुक्त भएका छन् ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले मास्केलाई बैंकका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंकले जनाएको छ । मास्केले विगत तीन महिना अघिदेखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका थिए ।

बैंकका अनुसार मास्केले यस बैंकको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका मास्केसँग तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

आफ्नो कार्यकालमा बैंकलाई थप सबल, सफल तथा अझै सुदृढ बैंकको रुपमा स्थापित गराउन भूमिका खेल्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७