नेपालमा अहिलेसम्म कतिले लगाए कोभिड–१९ विरुद्धको खोप ?


२२ कार्तिक २०७८, सोमबार
corona khop 1
फाइल फोटो

काठमाडौं, २२ कात्तिक । नेपालमा १८ वर्षमाथिका ३७.३ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कात्तिक २१ गतेसम्म ७४ लाख ३४ हजार ७९७ जनाले दुवै डोज र ८७ लाख ३६ हजार ५३२ जनाले पहिलो डोज खोप लगाएका हुन् ।

जसमध्ये एष्ट्राजेनेका खोपको पहिलो डोज २९ लाख ६ हजार १२६ जना र दोस्रो डोज १६ लाख ८१ हजार ४२३ जनाले लगाएका हुन् । त्यस्तै भेरोसेल खोपको पहिलो डोज ५८ लाख ३० हजार ४०६ जनाले र दोस्रो डोज ४२ लाख ९ हजार ८७७ जनाले लगाएका हुन् ।

जोन्सन एण्ड जोन्सन खोप नेपालमा १५ लाख ४३ हजार ४९७ जनाले लगाएको मन्त्रालयको तथ्यांक छ । नेपालमा २८ गतेदेखि १२ देखि १८ वर्षसम्मका दीर्घरोगीलाई फाइजर खोप दिइँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७