एमाले महाधिवेशन : पार्टी सदस्यबाट सय रुपैयाँ उठाइने

महाधिवेशन प्रतिनिधिबाट दुई हजार र केन्द्रीय कमिटी सदस्यबाट तीन हजार उठाइने


२२ कार्तिक २०७८, सोमबार
amale 1

काठमाडौं, २२ कात्तिक । नेकपा एमालेको मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने भएको छ ।

चन्दा नउठाउने निर्णय गरेको एमालेले हरेक पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले जानकारी दिए । ‘पार्टी सदस्यहरुबाट सय रुपैयाँ उठाउँदा सात करोड जति उठ्छ’, पाण्डेले भने । एमालेले पार्टी सदस्य संख्या सात लाख पुगेको दावी गरेको छ ।

त्यस्तै महाधिवेशन प्रतिनिधिबाट दुई हजार र केन्द्रीय कमिटी सदस्यबाट तीन हजार उठाउने भएको छ । लाभको पदमा रहेकाहरुबाट समेत निश्चित रकम संकलन गरेर महाधिवेशन हुने पाण्डेले बताए । सदस्यता नवीकरणबाहेक एमालेले यसअघि पार्टी सदस्यबाट महाधिवेशन प्रयोजनका निम्ति रकम उठाउने गरेको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७