चिसो बढेसँगै कोभिड संक्रमण बढ्न सक्ने


२३ कार्तिक २०७८, मंगलवार
korona

काठमाडौं, २३ कात्तिक । राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा एकाएक चिसो बढेसँगै फ्लु, इन्फ्लुएन्जा, एचवान एन वानलगायतका विभिन्न भाइरस सक्रिय हुन थालेपछि कोभिड–१९ को संक्रमण बढ्न सक्ने चिकित्सकले बताएका छन् ।

यससँगै आउन सक्ने कोभिडको नयाँ भेरियन्ट (तेस्रो लहर) अझै घातक हुन सक्ने र आवश्यक सर्तकता अपनाउन नसकिए तेस्रो लहरबाट थप क्षति बेहोर्नुपर्ने अवस्था आउने कोभिड–१९ को ’दयगतमा अन्तर्राष्ट्रिय अध्ययन गरिररहेका डा. रमेशकुमार आचार्यले जानकारी दिए ।

उनले विभिन्न युरोपियन मुलुकमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएसँगै नेपालमा नयाँ भेरियन्ट देखापर्न सक्ने बताउँदै त्यसका लागि सरकारले पूर्वतयारीस्वरूप पर्याप्त मात्रामा आइसोलेसन वार्ड र हस्पिटल बेडको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए ।
डा. आचार्यले पुनः संक्रमण बढ्दै जान सक्ने र अस्पतालमा शय्या, आईसीयू, भेन्टिलेटर र अक्सिजन कमी हुन सक्ने भएकाले स्वास्थ्य मन्त्रालयले समयमा नै उचित व्यवस्थापनमा ध्यान पु(याउनुपर्ने सुझाव दिए । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७