माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


२३ कार्तिक २०७८, मंगलवार
mao

काठमाडौं, २३ कात्तिक । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा संगठनात्मक तथा समसायिक विषयमा छलफल हुने बताइएको छ ।

हिजो बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकले समन्वय समिति बनाएको थियो । जसमा प्रत्येक दलबाट दुई / दुई प्रतिनिधि रहने छन् । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम प्रस्ताव भइसकेको छ भने अर्को नाम जान बाँकी छ । स्रोतका अनुसार समन्वय समितिमा नेता नारायणकाजी श्रेष्ठ रहने छन् । आजको बैठकले सो विषयमा टुंग्याउने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७