प्राइम कमर्सियल बैंकले १६.६३ प्रतिशत बोनस लाभांश दिने


२३ कार्तिक २०७८, मंगलवार
prime bank

काठमाडौं, २३ कात्तिक । प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक बर्ष २०७७र७८ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस र ०.६३१३ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कुल १६.६३१३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आ. व. २०७७र७८ को वितरणयोग्य मुनाफा रकमबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी रु १६ अर्ब ८ करोड ३० लाख ३६ हजार ९ सयको १६ प्रतिशत अर्थात २ अर्ब ५७ करोड ३२ लाख ८५ हजार ९ सय ४ बराबरको बोनस शेयर तथा ०.६३१३ प्रतिशत अर्थात १० करोड १५ लाख ३२ हजार २ सय ११.९५ बराबरको नगद लाभांश ९कर प्रयोजनको लागि० वितरण गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि साधारणसभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपछि योग्य शेयरधनीले दाबी गर्न पाउनेछन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७