प्रकाशमान सिंह भन्छन्, ‘काम गर्ने सरकार हो, किन चाहियो समन्वय समिति ?’


२४ कार्तिक २०७८, बुधबार
Prakash man shingh
फाइल फोटो

काठमाडौं, २४ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारलाई सहयोग गर्नका लागि गठन गरिएको उच्चस्तरीय राजनीतिक समन्वय समिति’ प्रति आपति जनाएका छन् ।

उनले गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताएका छन् । गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरूरी नै नरहेको बताएका हुन् ।

prakashman sing 20211110033311

नेता सिंहले संविधानअनुसार पनि यस्तो संयन्त्र औचित्य नरहेको दाबी गरे । ‘सरकारभन्दा माथि जस्तो संयन्त्र बनेको छ । यो संविधान र प्रजातान्त्रिक विधिविपरीत पनि हुन्छ,’ सिंहले भने, ‘काम त सरकारले गर्नुपर्ने हो । तर समन्वय समिति बनाइएको छ । अहिलेको अवस्थामा यो आवश्यक छैन ।’

उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत रहेको उनको भनाइ थियो । ‘नाम जे दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ । प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन’, उनले भने ।
सर्वोच्चको विवाद हटाउन सरकार अग्रसर हुनुपर्छ

सिंहले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताएका छन् । ‘न्यायलयमा देखिएका समस्या त्यहींभित्रबाट समाधान होस् भनेर मात्र हुँदैन । सरकार यस विषयमा मुकदर्शक भएर बस्न मिल्दैन,’ उनले भने, ‘गठबन्धन अनिर्णयको बन्दी हुनुहुन्न ।’

‘न्यायालयमा देखिएका समस्याको कारण जनतालाई असुविधा भएको छ । कुनै व्यक्तिको स्वार्थका लागि जनताले दुख पाइरहेका छन् ।’ उनले भने ‘संविधानको भावना र मर्म अनुसार विधिसम्वत तरिकाले यो समस्या समाधान गर्नु पर्दछ । अब यसका लागि सरकार नै अग्रसर हुनु पर्दछ ।’
कांग्रेस गठबन्धन नगरी जनतामा जानुपर्छ
नेता सिंहले वर्तमान परिस्थीतिमा अर्लीइलेक्शनको कुनै सम्भावना नभएको समेत बताए । उनले देशमा विविको शासन स्थापना गराउन र संविधानको रक्षाको लागि बर्तमान सरकार बनेकाले संबिधान अनुसार नै तोकिएको समयमा निर्वाचन हुने बताए । ‘कुनै व्यक्ति विशेष र पार्टी विशेषको रुचिमा अलिइलेक्शन हुँदैन। संविधानको व्यवस्था अनुसार निर्वाचन हुन्छ ।’ नेता सिंहको भनाई थियो । उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै जनतामा जानुपर्ने धारणा समेत राखेका थिए । कांग्रेस जनताको पार्टी भएको र जनताले विश्वास गर्ने भएकाले आगामी चुनावमा कांग्रेसले गठबन्धन नगरी एक्ले जनतामा जानु पर्नेमा उनको जोड छ ।

नेता सिंहले प्रजातन्त्र प्राप्तिको लागी गणेशमान सिंहले गरेको योगदान स्मरण गरेका थिए । कांग्रेस स्थापना र देशमा प्रजातन्त्र स्थापनाको लागि सर्वमान्य नेता गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको भन्दै नेता सिंहले गणेशमानले देखाएको बाटो बर्तमान कांग्रेसले पछ्याउनु पर्ने बताए ।

वि.सं २०४६ सालको परिवर्तनपछि तत्कालीन राजाबाट प्रधानमन्त्री हुने प्रस्ताव आउँदा अस्वीकार गरी गणेशमान सिंहले जनताले छानेका व्यक्ति प्रधानमन्त्री हुनुपर्दछ भन्ने सन्देश त्यतिबेला नै प्रवाह गरेको उनले बताए । नेता सिंहले गणेशमान सिंह जन्मजयन्तीको अवसरमा शोभा भगवतीमा रहेको उनको शालिकमा माल्याअर्पण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७