मुगुमा १८ वर्षीया युवती मृत फेला


२५ कार्तिक २०७८, बिहीबार

मुगु, २५ कात्तिक । मुगुमा एक १८ वर्षीया युवती मृत फेला परेकी छन् । खत्याड गाउँपालिका–६ रास्कोटीबाडाका बाँचे शाहीकी छोरी १८ वर्षीया मण्डला शाही मृत फेला परेकी हुन् ।

घरभन्दा करिव ५ सय मिटर परको एक रुखमा झुण्डिएको अवस्था उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । शाहीको मृत्युलाई स्थानीयले शंकास्पद मानेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) चित्र भट्टराईले परिवारका सदस्यले युवती हराएको भनेर दिएको जानकारीपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको जानकारी दिए । घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको भट्टराईको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७