नियमित काममा फर्किएका न्यायाधीशलाई भेट्दै बार


१ मंसिर २०७८, बुधबार
5 judjes

काठमाडौं, १ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै २० दिन इजलास बहिष्कार गरेपछि नियमित काममा फर्किएका पाँच न्यायाधीशलाई नेपाल बार एसोसिएसनका पदाधिकारीले भेट्न लागेका छन् ।

न्यायाधीशहरू तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडाललाई भेट्न लागेको बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

‘उहाँहरूलाई हाम्रो आन्दोलनमा साथ दिनुस्, न्यायालयको विकृतिविरुद्ध जारी अभियानलाई साथ दिनुस् भनेर कुरा राख्न जान लागेका छौं । १ बजे हामीले भेट्ने कार्यक्रम रहेको छ,’ उनले भने । न्यायाधीशहरुलाई २० दिन किन इजलास बहिष्कार गरेको र केही परिवर्तन नभई इजलासमा फर्किएको हो भन्ने जिज्ञासा पनि राखिने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७