बाबा रामदेव त क्रान्तिकारी पो हुनुहुँदो रहेछ : प्रचण्ड


३ मंसिर २०७८, शुक्रबार
Prachanda 2

काठमाडौं, ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय योगगुरु बाबा रामदेवलाई क्रान्तिकारीको संज्ञा दिएका छन् । काठमाडौंको मण्डिखाटारमा पतञ्जलि योगपीठद्वारा आयोजित कार्यक्रमलाई आज (शुक्रबार) सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘शुरुमा चिनजान हुँदा, कता–कता पहिले त उहाँ रुढीवादी र परम्परावादी हुनुहुन्छ जस्तो लागेको थियो । मैले जहिलेदेखि बाबा रामदेवसँग निकटता बढाएँ, छलफल गर्न थालेँ तब अर्कै पाएँ’, उनले भने, ‘बुझ्दै जाँदा त उहाँ वैज्ञानिक र क्रान्तिकारी पो हुनुहुँदो रहेछ ।’

ramdev1637288831

बाबा रामदेवले योगलाई एउटा क्रान्तिमार्ग देखाएको उनले बताए । ‘बाबा रामदेवले योगलाई एउटा नयाँ क्रान्ति मार्ग देखाउनु भयो । योगबाट आरोग्यतिर निरोगितातिर लाग्नु भयो’, उनले भने, ‘उहाँले आरोग्यताबाट उद्योगतिर लानुभयो ।’ उनले बाबा रामदेव र आचार्य बालकृष्णलाई जुम्ल्याहा भाइको संज्ञा पनि दिएका छन् ।

उनले बाबा रामदेवसँग तीन क्षेत्रमा क्रान्ति ल्याउन कुरा भएको पनि बताए । ‘हिजो खुमलटारमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा क्रान्ति ल्याउने उपायबारे हिजो छलफल भएको छ’, उनले भने, ‘हरिद्वारमा उहाँ हात समातेर मलाई लैजानु भयो जडीबुटीको कारखाना देखाउनु भयो । ती जडीबुटी त सबै नेपालबाट जाँदा रहेछन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७