संस्थापक नेताहरूको सपना पूरा गर्छु : प्रकाशमान सिंह


४ मंसिर २०७८, शनिबार
prakashman baneshwar ZKQOglYHGY

काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापक नेताहरूको सपना आफूले पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । शनिबार बिहान काठमाडौंमा ‘बानेश्वरको सेरोफेरो’ पुस्तक लोकार्पण कार्यक्रममा उनले पार्टीका संस्थापक नेताहरूले जनता र देशका लागि देखेका सपना पूरा गर्न आफू सक्षम रहेको जिकिर गरेका हुन् ।

‘किसुनजी, गणेशमानजीको, बीपीजीको जनताको जीवनयापन सहज बनाउने सपना थियो । उहाँहरूले विकसित नेपालको सपना राख्नु भएको थियो’, नेता सिंहले भने, ‘त्यो सपना तपाईंहरूको सहयोगबाट पूरा गर्न सक्छु भन्ने विश्वास छ ।’

जनताको प्रतिनिधि भएपछि जस्तोजुकै अवस्थामा पनि ‘फिट’ हुन सक्ने क्षमता हुनुपर्ने उनले बताए । नेता सिंहले बानेश्वरको पहिलो अवस्था थाहा पाउन ‘बानेश्वरको सेरोफेरो’ पुस्तक पढ्नु पर्ने बताए । बानेश्वर नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान रहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७