काठमाडौं र ललितपुरमा आजबाट १२ देखि १७ वर्षकालाई फाइजर खोप दिइँदै


५ मंसिर २०७८, आईतवार
pfizer1627480571

काठमाडौं, ५ मंसिर । काठमाडौं र ललितपुरमा आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ । यसअघि दीर्घरोगलाई खोप दिइएको थियो । आइतबारदेखि मंगलबारसम्म भने १२ देखि १७ वर्ष उमेरका स्वस्थ बालबालिकालाई पनि दिने निर्णय भएको हो ।

दीर्घरोगीलाई खोप लगाएर खोप बचत भएपछि सरकारले स्वस्थ नागरिकलाई पनि खोप लगाउने निर्णय गरेको हो । काठमाडौं र ललितपुर जिल्लाका स्वास्थ्य कार्यालयका अनुसार यो तीन दिनमा खोप केन्द्रमा खोप लगाउन आउने यी उमेर समूहका सबैलाई खोप लगाइने छ । तर खोपको संख्या कम रहेकाले पहिला आउनेले पहिलो प्राथमिकता पाउने कार्यालयले जनाएका छन् ।

ललितपुरमा पाटन अस्पतालमा खोप लगाइने छ भने काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ ।

lalitpur notice pfizer

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७