पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्न एमालेले बोलायो बैठक


६ मंसिर २०७८, सोमबार
amale center comme

काठमाडौं, ६ मंसिर । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज (सोमबार) दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा महाधिवेशनको तयारी र पाँच प्रतित प्रतिनिधि मनोनयनका विषयमा छलफल हुने उनले बताए । एमाले महाधिवेशनका लागि पदेन र मनोनित गरी १९०३ प्रतिनिधि छनोट भएका छन् । पाँच प्रतिशत मनोनित गर्न बाँकी छ । मंसिर १०–१२ गतेसम्म चितवनमा हुन लागेको दशौं राष्ट्रिय महाधिवेशनमा १,९९९ भन्दा बढी प्रतिनिधि सहभागी हुने छन् ।

आजको बैठकमा मनोनित गर्ने प्रतिनिधिहरुको नाम पेश हुनेछ । त्यसमाथि छलफल गरेर बैठकले अनुमोदन गर्नेछ । नेताहरुका अनुसार प्रस्ताव भएका नामहरू आजै अनुमोदन नभए अर्को बैठकले अनुमोदन गर्नेछ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०,११ र १२ गते चितवनमा हुँदैछ । त्यसका लागि एमालेले १,९९९ महाधिवेशन प्रतिनिधिमार्फत २३५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।
अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी पर्ने निश्चित भएको छ भने बाँकी पदाधिकारी र केन्द्रीय सदस्यमा समेत धेरै आकांक्षी देखिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७