एमाले महाधिवेशनमा नेपालका सवारीसाधनले बोक्न सक्ने जति मान्छे आउँछन्, गाडी नपुग्न सक्छ : ओली


७ मंसिर २०७८, मंगलवार
Kp Oli 2

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं महाधिवेशनमा नेपालका सवारी साधनले बोक्न सक्ने जति मानिस सहभागी हुने दावी गरेका छन् ।

आज (मंगलबार) राजधानीमा सम्पादकहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले महाधिवेशनमा १०-२० लाख जनसहभागिता जुटाउन सकिने भए पनि सवारी साधनको क्षमताले भ्याएसम्म मात्र मानिस चितवनमा उपस्थित हुने बताए ।

उनले भने, ‘नेपालका सवारी साधनले बोक्न भ्याउने जति जनसमुदाय सहभागी हुनेछन्, ठूला सवारी साधन, लामो दूरीका सवारी साधनले बोक्न सक्नेसम्मको मानिस महाधिवेशनमा सहभागी हुन्छन् ।’ उनले अगाडि थपे, ‘कति छ नेपालका बसहरुको क्यापेसिटी, एक पटकमा उनीहरुले कति बोक्न सक्छन् त्यस अनुसार सहभागिता हुन्छ । न्यूनतम् ५ लाख उपस्थित हुने अपेक्षा गरेका छौं ।’

कोभिडको समय भएकाले धेरै ठूलो संख्यामा विदेशी प्रतिनिधि भने महाधिवेशनमा सहभागी नहुने उनले बताए । देश बनाउने योजना तथा कार्यक्रम विधान महाधिवेशनबाट पारित भइसकेका कारण ती नीतिको कार्यान्वयनका लागि कस्तो नेतृत्वको टीम निर्माण गर्न उपयुक्त हुन्छ भन्ने विषयमा बन्दसत्र केन्द्रित रहने उनले बताए । दशौं महाधिवेशनले मुख्य रुपमा पार्टीको नेतृत्व निर्माण गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७