प्रेमीले गरे प्रेमिकासहित तीनको हत्या


९ मंसिर २०७८, बिहीबार
murder 20211125040527

लखनउ, ९ मंसिर । भारतको उत्तराखण्ड राज्यमा एक प्रेमीले आफ्नी प्रेमिकासहित तीन जनाको हत्या गरेको खबर बाहिर आएको छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार प्रेमिकाको अर्कै व्यक्तिसँग विवाह हुन लागेपछि उनले प्रेमिकासहित तीन जनाको हत्या गरेका हुन् ।

ती प्रेमीले धारिलो हतियार प्रहार गरी प्रेमिकासहित उनकी आमा र बुवाको हत्या गरेका हुन् । धारिलो हतियारबाट मृतक प्रेमिकाकी बहिनी पनि घाइते भएकी छिन् ।

प्रहरीका अनुसार हत्या गरेर उनी फरार भएका छन् । उनले आफ्ना साथीहरूसँग मिलेर हत्याकाण्ड मच्चाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । फरार भएसँगै प्रहरीले उनीबारे सूचना दिने व्यक्तिलाई ५० हजारको पुरस्कार घोषणा समेत गरेको खबर आजतकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७